धितोपत्र बोर्डले भित्री कारोबारमा शून्य सहनशीलता लिनुपर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्।
धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडलेले भने, 'कारोबारमा पारदर्शीता वा भित्री कारोबार लगायतका कुनै पनि काममा शून्य सहनशीलता लिनुपर्छ। नियमनमा दुईटा चिज हुन्छ गल्ती गर्नेलाई रोक्ने र भएन भने नियन्त्रण वा आवश्यकता अनुसार दण्डित गर्ने त्यसैले बोर्ड कुनै पनि प्रभाव र दबाबबाट माथि उठाएर प्रतिस्पर्धी भएर अगाडि बढ्नु पर्छ।'







