चालु आर्थिक वर्षमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर हालसम्मकै उच्च हुने देखिएको छ ।
नेपालको पुँजी बजारबाट साढे १५ अर्ब माथिको पुँजीगत लाभकर संकलन नै हालसम्मको सबै भन्दा धेरै हो । यो रेकर्ड चालु आर्थिक वर्षमा तोडिने सम्भावना देखिएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा सेयर बजारबाट १४ अर्ब भन्दा बढीको राजश्व संकलन भएको छ । चालु आर्थिक वैशाख मसान्तसम्मको अवधिमा सेयर बजारबाट १४ अर्ब ८ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्षको बाँकी समयमा आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको साढे १५ अर्ब बढीको रेकर्ड तोडिने देखिन्छ । उक्त आर्थिक वर्षमा सेयर बजारबाट कुला १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो । सेयर बजारबाट संकलन भएको यो नै सबै भन्दा धेरै पुँजीगत लाभकर हो । साढे १५ अर्ब माथिको पुँजीगत लाभकर संकनल हुँदा सेयर बजार करिब ३२०० विन्दुको नजिक रहेको थियो ।







