नेप्सेको पुनर्संरचना गरिँदै, ३० प्रतिशत सेयर सर्वसाधारणलाई


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेको पुनर्संरचना गरिँदै, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

२२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)कै ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको छ ।पुनर्संरचनाका लागि बोर्डले नेप्सेलाई आवश्यक काम, कारबाही अघि बढाउन तथा सर्वसाधारणलाई ३० प्रतिशत सेयर निष्कासन गर्न भनेको हो ।

यसअघि राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिको सुझावअनुसार अघि बढ्न अर्थ मन्त्रालयको पत्र आएसँगै पुनर्संरचनाका लागि नेप्सेलाई पत्र पठाइएको बोर्डका निर्देशक तथा सहप्रवक्ता तोलाकान्त न्यौपानेले बताए ।

Read More
  • MBL - below news