काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (जेठ २० गते) साँझ ५ः०६ बजेसम्ममा २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन माग भन्दा ७.८२ गुणा बढी हो ।







