काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ ।
बोर्डले जेठ २० गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डका अनुसार कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३८ दशमलव ३३ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले निष्कासन गर्नेछ ।







