काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ३३ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार (जेठ १९ गते) साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन माग भन्दा ७.०९ गुणा बढी हो ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।







