किसान माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ८१.४७% ले वृद्धि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 किसान माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ८१.४७% ले वृद्धि

 

काठमाडौं - किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्था झन् मजबुत बन्दै गइरहेको छ । संस्थाको खुद नाफा ८१.४७% ले वृद्धि गरी २ करोड २१ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले यसै अवधिमा १ करोड २१ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

 

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ५३.९६% र १०२.८५% ले बढेको छ । अघिल्लो वर्ष ५ करोड ४२ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको किसानले यो त्रैमासमा बढाएर ८ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २ करोड ७१ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।

Read More
  • MBL