ट्रेड टावरको आइपीओमा १ अर्ब ९२ करोड रुपैयाँको आवेदन, कतिले भरे ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्रेड टावरको आइपीओमा १ अर्ब ९२ करोड रुपैयाँको आवेदन, कतिले भरे ?

काठमाडौं : ट्रेड टावर लिमिटेडको आइपीओमा १ अर्ब ९२ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार (जेठ १८ गते) बिहान १०ः०६ बजेसम्ममा १६ लाख ७ हजार ९३५ जनाले १ करोड ९२ लाख ७४ हजार १९० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन ५.८४ गुणा बढी हो । 

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

Read More
  • MBL - below news