मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा शेयर कर्जा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा शेयर कर्जा

मुक्तिनाथ विकास बैंक (MNBBL) ले आकर्षक ब्याजदर र सुविधाको साथमा आवास तथा शेयर कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ल्याएको आवास कर्जा २० वर्ष सम्मको लागि र  शेयर कर्जा १ वर्ष सम्मको लागि लिन सकिने जनाइएको छ।

मुक्तिनाथ विकास बैंकले आफुले धितो राखेको शेयरको ६५ प्रतिशतसम्म कर्जा लिन सकिने शेयर धितो कर्जा सुविधा ल्याएको छ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ।

उक्त कर्जा आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि लिन सकिने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले हाल देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम.का माध्यमबाट करिब सात लाख ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले हालै मात्र क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad