नेपालमा पछिल्लो समय कम्पनीहरूले व्यापार–व्यवसायभन्दा आइपीओ (सर्वसाधारणको लागि साधारण शेयर) मार्फत कमाउने प्रवृत्ति बढ्दो देखिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालय र बजार स्रोतका अनुसार, कतिपय कम्पनीहरूले आइपीओ देखाएर सुरुआतमै प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने गरेको पाइएको छ, तर राज्यलाई तिर्नुपर्ने राजस्व भने हेरविचार गरिएको छैन।






