अडलट कारोबार रकम चैतको तुलनामा वैशाखमा २४ प्रतिशतभन्दा बढीले घट्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अडलट कारोबार रकम चैतको तुलनामा वैशाखमा २४ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । अडलट कारोबार पछिल्लो समय घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको वैशाख महिनाको कारोबार तथ्याङ्कलाई हेर्दा चैतको तुलनामा वैशाखमा अडलट कारोबार रकम २४ दशमलव १५ प्रतिशत कम भएको हो । नेप्सेका अनुसार चैत मा ४६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको १५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र अडटलमा कारोबार भएकामा वैशाखमा ३५ करोड ४५ लाख रुपैयाँभन्दा बढीको ८ लाख ९० हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको हो । अडटल कारोबार कित्ता भने वैशाखमा ४३ प्रतिशतभन्दा बढीले घटेको हो ।

नेपालको धितोपत्र बजारमा अडलट कारोबार खुला भएपनि सहज भने छैन् । प्राविधिक रुपमा कारोबार गर्न कठिन रहेको अवस्थामा पछिल्लो समय अडलट कारोबार घट्दो क्रममा रहेको नेप्सेका एक उच्च अधिकारीले जानकारी दिएका छन् । अडलट कारोबारका लागि मार्केट डेभ्थमा तथ्याङक सार्वजनिक नहुँदा कारोबारमा असहज नभएको भनाई ति अधिकारीको छ । मार्केट डेभ्थमा अडटलको अर्डर तथ्याङ्क सार्वजनिक नहुँदा अन्दाजको भरमा अर्डर राख्दा विक्री नहुने र खरीद माग बमोजिम शेयर नआउने समस्या रहेको नेप्सेका उच्च अधिकारीले जानकारी दिएका हुन । अडटल कारोबारको तथ्याङ्क नेप्सेको इन्डेक्ससँग नजोडिने अर्थात वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि मार्केट डेप्थ नदेखाइएको समेत ति अधिकारीले प्रष्ट पारेका छन् ।

Read More
  • MBL - below news