काठमाडौं । सरकारी ऋणपत्रको समेत धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ । बिहीवार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै दोस्रो बजारमा सरकारी ऋणपत्रको समेत कारोबार हुने व्यवस्था गरिने बताएका हुन ।
धितोपत्र दोस्रो बजारमा हाल सरकारी ऋणपत्र सूचीकृत भएपछि डिम्याट हुन नसक्दा कारोबार नभएको अवस्था छ । ऋणपत्रको बजार विस्तारलाई प्राथमिकतामा राखेको सरकारले यस वर्ष सरकारी ऋणपत्रको कारोबारलाई व्यवस्थित बनाउने योजना अघि सारेको हो ।







