सान्भि इनर्जीमा माग भन्दा १०.७१ गुणा शेयर माग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सान्भि इनर्जीमा माग भन्दा १०.७१ गुणा शेयर माग

सान्भि इनर्जी लिमिटेडको आइपीओमा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार कार्यालय समयसम्म २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका छन् ।

यो माग भन्दा १०.७१ गुणा बढी हो । सान्भि इनर्जीले जेठ ९ देखि १३सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।

Read More
  • MBL - below news