काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको एक महीनापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणमा गत वैशाख ११ गते आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणतर्फको १६ लाख कित्ता र संस्थापकतर्फको ६४ लाख कित्ता शेयरसमेत कुल ८० लाख कित्ता शेयर जेठ १२ गते नेप्सेमा सूचीकृत गराएको हो ।
पीयूआरई स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । मंगलवारदेखि संस्थापक र सर्वसाधारणतर्फको शेयर आयोजना प्रभावित स्थानीय, कर्मचारी र सामूहिक लगानी कोषबाहेकका शेयर कारोबारयोग्य हुनेछ ।







