बजारमा ६२ अर्बको ऋणपत्रले जुटायो लगानीयोग्य पूँजी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजारमा ६२ अर्बको ऋणपत्रले जुटायो लगानीयोग्य पूँजी

काठमाडौं । अब बजारमा वाणिज्य बैंकहरूको ऋणपत्र रू. ६२ अर्ब १२ करोड पुग्ने भएको छ । यस्तो ऋणपत्रबाट उठेको रकमलाई बैंकले शतप्रतिशत रूपमा लगानी गर्न पाउने भएकाले यसले लगानीयोग्य पूँजी जुटाउने भएको छ । यसअघि बैंकले यस्तो रकम कर्जा पूँजी निक्षेप अनुपात अनुसार ८० प्रतिशतमात्र लगानी गर्न पाउँथे । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्थाले गर्दा उक्त रकम बराबरको ऋणपत्र जारी गर्नुपर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको जेठ मसान्तसम्मको वित्तीय विवरणमा २८ वाणिज्य बैंकको चुक्ता पूँजी रू. २ खर्ब ४८ अर्ब छ । अहिलेसम्मको चुक्ता पूँजी अनुसार करीब ५० प्रतिशत ऋणपत्रमध्ये केही विक्री भइसके भने केही निष्कासनको प्रक्रियामा छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका १० बैंकले रू. २९ अर्ब ९८ करोडबराबरको २ करोड ९९ लाख ८० हजार कित्ता ऋणपत्र जारी गरिसकेका छन् । तीन बैंकले रू. ५ अर्ब ५५ करोडबराबरको ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएका छन् । निवेदन दिएका कम्पनी र जारी गरेका कम्पनीको गरी ऋणपत्र रू. ३५ अर्बबराबरको हुन्छ । अब बजारमा रू. २५ अर्बबराबरको ऋणपत्र जारी हुन बाँकी छ । ऋणपत्र जारी गर्न प्रभु बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकले सेबोनमा निवेदन दिएका छन् ।

Read More
  • MBL - below news