काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ ७ गते) बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जनाले ६ लाख ६४ हजार ७१० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.८७ गुणा बढी आवेदन हो ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ मंगलबार (जेठ ६ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।







