बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति, चुक्ता पुँजी १ अर्ब नाघ्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति, चुक्ता पुँजी १ अर्ब नाघ्ने

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले जेठ ६ गते उक्त कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

बोर्डको स्वीकृति अनुसार कम्पनीले अब १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर सार्वजनिक रुपमा बिक्री गर्नेछ। यसैअनुसार, कम्पनीको कुल चुक्ता पुँजी हकप्रद शेयर निष्काशनपछि बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

Read More
  • MBL - below news