विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा नियुक्त भएका छन्। लामो समयको रिक्ततापछि मंगलबारको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नरको जिम्मेवारी सुम्पिएको हो।
त्यसअघि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेलसहित नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
गभर्नर सरकारका लागि आर्थिक सल्लाहकारका रूपमा रहन्छन्। सरकारले ल्याउने वित्त नीतिलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने पात्रका रूपमा पनि रहन्छन्।
आफूलाई गभर्नरको जिम्मेवारी दिइनुलाई डा. पौडेलले सरकारले आफूप्रति गरेको विश्वास मानेका छन्।