एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता र स्वास्थ्य शिविर, २५८ को सहभागिता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता र स्वास्थ्य शिविर, २५८ को सहभागिता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच वटा शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। जेठ ३ गते सम्पन्न कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाँटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५ र दुर्गौलीमा ५८ जना गरी कुल २५८ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ।

वित्तीय साक्षरता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, लघुवित्तका प्रदेश प्रमुखहरू, अनुगमन अधिकृत तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई आधारभूत वित्तीय ज्ञान, बचत र ऋणको सही प्रयोग, बीमा र आर्थिक योजनाबारे जानकारी दिइएको थियो।

Read More
  • MBL - below news