काठमाडौं : बजारमा सञ्चालित अधिकांश म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य असार महिनामा घटेको छ । असारमा पुँजी बजार बढ्न नसकेकाले त्यसको प्रत्यक्ष प्रभाव म्युचुअल फन्डहरुमा परेको हो । म्युचुअल फन्डले संकलन गरेको रकममध्ये ठूलै हिस्सा सेयर बजारमा लगानी गरेका हुन्छन् । लगानी गरेका कम्पनीको सेयर मूल्यमा माथि जान नसक्दा त्यसको प्रभाव फन्डहरुको खुद सम्पति मूल्यमा पनि परेको हो ।
८ म्युचुअल फन्डको न्याभ घट्दा ३ को यसरी बढ्यो
८ म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । ३ म्युचुअल फन्डको भने न्याभ बढेको छ । एनएमबिका दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति भने स्थिर रहेको छ । यस्तै, ३ वटा नयाँ म्युचुअल फन्डले भने पहिलो पटक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
............







