लगानीकर्ताका नेताहरुको पहलमा टुंगीयो पुँजीगत लाभकर विवाद, 'ल्याप्चे युग' सधैका लागि अन्त्य !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 लगानीकर्ताका नेताहरुको पहलमा टुंगीयो पुँजीगत लाभकर विवाद, 'ल्याप्चे युग' सधैका लागि अन्त्य !

 

काठमाडौं । लगानीकर्ताका नेताहरुको पहलमा पुँजीगत लाभकर विवाद टुंगीएको छ । यससंगै अब सधैका लागि ल्याप्चे युगको अन्त्य भएको हो । अर्थमन्त्रालयलमा बुधबार भएको छलफलपछि पूँजीगत लाभकरको विवादबारे यस्तो टुंगो लागेको हो । २०५८ साल असार मसान्तदेखि २०७६ असारमसान्त अवधीको मूल्यबाट भारित औषत निकालेर पुँजीगत लाभकर गणना हुने भएको छ ।

 

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायको नेतृत्वमा वार्ता भएको छलफलमा वित्तिय आन्तरिक राजश्व विभागका उप महानिर्देशक यज्ञ ढुंगेल र अधिकृत चण्डी घिमिरेको सहभागीता रहेको थियो भने लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघका प्रतिनिधीको सहभागीता रहेको थियो ।

Read More
  • MBL - below news