पूँजीगत लाभकर भारित औषतकाे गणना सम्बन्धी विबाद टुगिंएको छ । बुधबार अर्थमन्त्रालयमा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र लगानीकर्ता संघहरु सहित बसेको बैठकले पूँजीगत लाभ भारित औषतकाे गणना सम्बन्धी विवाद टुंग्याएकाे बताइएकाे छ ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटलाल रौनियारका अनुसार २०५८ साल असार मसान्तदेखि २०७६ असार मसान्तसम्म अवधिको मूल्यवाट भारित औषत निकाल्ने गरी पूँजीगत लाभकर गणना हुने जानकारी दिए । पहिले भएकाे सहमतिलाई नै अनुमोदन गर्ने निर्णय भएकाे उनको भनाई छ ।







