काठमाडौं । गत चैत १२ गते आईपीओ बाँडफाँट गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले संस्थापक तर्फको ४२ लाख कित्ता र सर्वसाधारण तर्फको १८ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो ।
ओएमपिएल स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत भएको भोलिपल्टदेखि कारोबारयोग्य हुने यी शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारयोग्य हुनेछन् ।







