काठमाडौं : अप्रिल महिना पाकिस्तानका डलर बन्ड र स्टकहरुको लागि सन् २०२३ पछिको सबैभन्दा खराब महिना साबित हुने देखिएको छ । छिमेकी देश भारतसँगको बढ्दो तनावले लगानीकर्ताको भावनालाई प्रभावित पारेपछि सेयर बजार र बन्ड दुवैको प्रदर्शन खराब देखिएको ब्लुमबर्गले लेखेको छ ।
भारतसँग युद्धको खतराका बीचमा अप्रिल महिनामा पाकिस्तानी स्टकहरुले आफ्ना समकक्षीहरुभन्दा कमजोर प्रदर्शन गरिरहेका छन् । साथै, डलर बन्ड र रुपैयाँ पनि घटेको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले बुधबार भारतले आगामी २४ देखि ३६ घण्टामा सैन्य कारबाही गर्ने बताएका थिए । साथै, पाकिस्तानले त्यसको निश्चित र निर्णायक प्रतिक्रिया दिने पनि बताएका थिए ।







