काठमाडौं : माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अर्थात, कम्पनीले ४० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।







