काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओमा १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार (चैत ३१ गते) साँझ ५ः०७ बजेसम्ममा १४ लाख ८३ हजार ६३५ जनाले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १४.६६ गुणा बढी हो ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।







