कर्मचारी सञ्चय कोषमा इपेमेन्ट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कर्मचारी सञ्चय कोषमा इपेमेन्ट

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको बिहीबारबाटै सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ हाउसको एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीहरूसँग पूर्ण रूपमा इन्टिग्रेसन गरेको भन्दै कम्पनीले उक्त कार्य बिहीबार कोषको प्रशासक तुलसीप्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान लगायात बैंक तथा दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा एक कार्यक्रमकाबीच शुभारम्भ भएको जनाएको छ । 
आफ्ना सम्पूर्ण भुक्तानी तथा संकलनहरू सोझै बैंक खातामार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किमअन्तर्गत स्वीकृत भएको आवास कर्जाको भुक्तानी हालका लागि हिमालयन बैंक तथा एनएमबी बैंकमार्फत गर्ने भएको पनि कम्पनीले जनाएको छ ।

 

Read More
  • MBL - below news
  • EBL Ad news