२९ चैत, काठमाडौं । गत साता २७०३ अंकमा रहेको सेयर बजार यो साता १.२२ प्रतिशत घटेर २६७० मा कायम भयो ।
यो साता चार दिन कारोबार भयो । पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार सोमबार ३३.३३ र मंगलबार ३.४४ अंक घट्यो । बुधबार ९.६६ अंक बढेको बजार बिहीबार ५.५७ अंक घट्यो ।







