नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता भारत लगायत विश्वका कयौँ व्यापार साझेदारमाथि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएका थिए । ट्रम्पको यस कदमपछि विश्व शेयर बजारमा पहिरो गइरहेको छ । अमेरिकादेखि युरोप र एसियासम्म सबैतिर सेयर बजार रक्ताम्मे भएका छन् ।
ट्यारिफ घोषणाको प्रभाव भारतीय सेयर बजारमा पनि देखिएको छ । सोमबार बिहान बेञ्चमार्क निफ्टीमा चार प्रतिशतभन्दा बढीको कमी देखियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलना निफ्टी ९७६ अंकले घटेर २१ हजार ९२८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो ।







