बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । तर,उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।






