सरकारको अभियानको प्रभाव बढ्दै, मोबाइल बैंकिङका ग्राहक मात्रै २४ लाखले बढे


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सरकारको अभियानको प्रभाव बढ्दै, मोबाइल बैंकिङका ग्राहक मात्रै २४ लाखले बढे

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ। एक बर्षको अवधिमा मोबाइल प्रयोगकर्ताको संख्या २४ लाखले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंककोअनुसार २०७४ साल असार अन्तिमसम्म मोबाइल प्रयोगकर्ताको संख्या २६ लाख ६९ हजार ७३२ रहेकोमा २०७५ असार अन्तिमसम्म २४ लाखले बढेर यो संख्या ५० लाख ८६ हजार ६९ पुगेको छ। 

इन्टरनेटमा पहुँच बढेसंगै मोबाइल बैंकिंङका ग्राहकको संख्या बढ्न पुगेको हो। यसले पछिल्लो समय वेब र इन्टरनेट बैंकिंङसंगै ग्राहकको रोजाईमा मोबाइल बैंकिंग पर्ने गरेको देखाएको छ। २०७५ असार मसान्तसम्मको तथ्यांकले नेपालमा निक्षेप खाताको संख्या २३ करोड ५४ लाख ४ हजार ८५९ पुगेको देखाएको छ। एक बर्षअघि यो संख्या गत बर्ष १९ करोड ७५ लाख ४ हजार ३६ थियो।

यस्तै, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङका ग्राहकहरु ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ ।   

खोलौं बैंक खाता अभियानको प्रभाव बढ्दै 

नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियान अन्तरगत हालसम्म ८८ हजार नेपाली नागरिक बैंकसंग जोडिएका छन। यस अभियानको कारण आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरि खाता भएकाको संख्या २ करोड ८० लाख पुगेको छ। सबै नागरिकको पहुँचमा बैंकिंग पुर्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारले यहि बर्षको सुरुवातसंगै यो अभियान थालेको थियो।

बाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर एसोसिएसन नेपालका कार्यकारी अधिकृत अनिल शर्माका अनुसार असार मसान्तसम्म ८७ हजार ७ सय ९२ जनाले बैंक खाता खोलेका छन् ।

यस अभियान अन्तर्गत नयाँ खाता खोल्न चाहनेहरुका लागि बैंकहरुले एक सय रुपैयाँ आफै हालिदिने गरेका छन। वाणिज्य बैंकहरुले नयाँ खाता खोल्ने ८७ हजार ७ सय ९२ जनाको खातामा ८७ लाख ७९ हजार २ सय रुपैयाँ जम्मा गरिदिएका छन् ।  

Read More
  • MBL - below news
  • EBL Ad news