भारतीय कम्पनीहरुले आइपीओमार्फत एकै आर्थिक वर्षमा संकलन गरे १६.२३ खर्ब पुँजी, इतिहासकै उच्च


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय कम्पनीहरुले आइपीओमार्फत एकै आर्थिक वर्षमा संकलन गरे १६.२३ खर्ब पुँजी, इतिहासकै उच्च

काठमाडौं : भारतमा सेकेन्डरी मार्केटले ठूलो उतारचढाव भोगेपनि आइपीओ मार्केटबाट उठेको पुँजीले नयाँ रेकर्ड बनाएको छ । सोमबारदेखि अन्त्य हुन लागेको आर्थिक वर्ष २०२४२५ मा भारतीय कम्पनीहरुले आइपीओमार्फत हालसम्मकै उच्च १६ खर्ब २३ अर्ब ८७ करोड भारतीय रुपैयाँ (भारु) पुँजी संकलन गरेका हुन् । कुल ७८ कम्पनीले उक्त पुँजी संकलन गरेको फर्च्युन इन्डियाले लेखेको छ । 

भारतीय कम्पनीहरुले आइपीओबाट संकलन गरेको उक्त पुँजी गत वर्षको भन्दा २.५ गुणा धेरै हो । गत वर्ष ७६ वटा आइपीओमार्फत ६ खर्ब १९ अर्ब २२ करोड रुपैयाँ मात्र पुँजी संकलन भएको थियो । भारतको चालु आर्थिक वर्षमा जारी भएका आइपीओमध्ये ६० प्रतिशत अर्थात ४६ वटा कम्पनी जारी मूल्यभन्दा माथि कारोबार भइरहेका छन् ।

Read More
  • MBL - below news