देवःले १४.७४% नगद लाभांश खातामा पठायो, कर्जा लिनेले के गर्ने ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
देवःले १४.७४% नगद लाभांश खातामा पठायो, कर्जा लिनेले के गर्ने ?

काठमाडौं : देवः विकास (साविकको वेष्टर्न डेभलपमेन्टका सेयरधनीको) बैंकले १४.७४% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकले गत जेठ २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद जम्मा गरिदिएको हो । यस्तै, बैंकले सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको जानकारी दिएको छ । 
 

हालसम्म पनि डिम्याट खाता नखोल्ने लगानीकर्तालाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न आग्रह गरेको छ । खाता खोलेपछि नगद जम्मा हुनेछ । यसैगरी, गत जेठ २ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको नगद पाउन कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । अनिमात्र नगद लाभांश खातामा जानेछ ।

Read More
  • MBL