वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रम्पले उक्त कदमले अमेरिकी उत्पादन क्षेत्रलाई बढावा दिने बताएका छन्। यसले वार्षिक १०० अर्ब डलर राजस्व बढ्ने अपेक्षा गरिएको छ।
कारमा लगाउने भनिएको कर अप्रिल १ देखि लागू हुनेछ।







