काठमाडौं : भारतीय सेयर बजारको लगातारको वृद्धि यात्रामा बुधबार ब्रेक लागेको छ । भारतका प्रमुख सेयर बजार सूचकहरु, बीएसई सेन्सेक्स र निफ्टी ५० लगातार ७ दिनको वृद्धिपछि बुधबार घटेका छन् । बुधबार सेन्सेक्स ७२९ अंक अर्थात ०.९३ प्रतिशत ले घटेर ७७,२८८ विन्दुमा आइपुगेको छ । एनएसई निफ्टी १८२ अंक अर्थात ०.७७ प्रतिशतले घटेर २३,४८६ मा आएको छ ।







