ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार आईपीओ मंगलबार बिहान ९ बजे, क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँट हुने भएको हो ।
कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेको छ। कुल १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ता शेयरका लागि आवेदन दिएका छन् । जुन मागभन्दा अत्याधिक बढी हो।






