युनाइटेड इन्स्योरेन्सको मूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
युनाइटेड इन्स्योरेन्सको मूल्य समायोजन

नेपाल स्टक एक्चेन्ज नेप्सेमा युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि आज साउन १४ गते बुक क्लोज गरेकोले आज नै मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य २९९.१२ रुपैयाँ तोकिएको छ  । सोमबार कम्पनीको अन्तिम मूल्य ७७७ रुपैयाँ थियो ।

कम्पनीको २४० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।  कम्पनीले १:२.४ को अनुपातमा७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । 

Read More
  • MBL - below news
  • EBL Ad news