मर्जरमा जाने बिषयमा सत्यता छैन : ग्रिन डेभलपमेन्ट बैंक


  • ADBL
  • City Express
मर्जरमा जाने बिषयमा सत्यता छैन : ग्रिन डेभलपमेन्ट बैंक

ग्रिन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सबीच मर्जरमा जाने भन्ने समाचारकाे बैंकले खन्डन गरेकाे छ ।

ग्रिन डेभलपमेन्ट बैंकले आइतबार एक बिज्ञप्ति जारी गर्दै समाचारकाे खन्डन गरेकाे हाे । 'मर्जरका लागि दुवै संस्थाका सञ्चालक सहमति नजिक पुगेको' भन्ने समाचारकाे बैंकले खन्डन गरेकाे हाे ।

'यस्ता समाचारहरुमा कुनै आधिकारिकता नरहेकाे व्यहाेरा जानकारी गराउँदछाै,' बैंकले जारी गरेकाे बिज्ञप्तिमा भनिएकाे छ ।

Read More