पोखरा फाइनान्स ग्रिन डेभलपमेन्ट बैंकसँग मर्ज हुने लगभग निश्चित, हस्ताक्षर आउँदो साता गर्ने तयारी


  • ADBL
  • City Express
पोखरा फाइनान्स ग्रिन डेभलपमेन्ट बैंकसँग मर्ज हुने लगभग निश्चित, हस्ताक्षर आउँदो साता गर्ने तयारी

खराब कर्जाले थलिएको पोखरा फाइनान्स ग्रिन डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने लगभग निश्चित जस्तै भएको छ।

पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालकहरूबीच शुक्रवार भएको छलफलमा दुवै संस्थाका सञ्चालक सहमति नजिक पुगेकोले उनीहरू बीच मर्जर हुने पक्का पक्की जस्तै भएको हो।

यस अघि नै दुवै सञ्चालक बीच पटक पटक छलफल भइसकेको थियो। शुक्रवारको छलफलमा भने उनीहरू सहमतिको निक्कै नजिक पुगेको एक सञ्चालकले बताए। उनका अनुसार कुनै अवरोध नआए आउने साता हस्ताक्षर गर्ने सहमति भएको छ। “आजको छलफल निक्कै राम्रो भयो। दुवै संस्था एक आफसमा गाभिन सहमत जस्तै भएका छन्। केही कुरा नबिग्रिए आउने साता हस्ताक्षर हुन सक्छ,” एक सञ्चालकले मेरोलगानीसँग भने।

Read More