अमेरिकी सेयर बजारमा गिरावट, एसियामा समेत असर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिकी सेयर बजारमा गिरावट, एसियामा समेत असर

२७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी सेयर बजारमा उच्च गिरावट आएको छ। यसको प्रभाव एसियाली बजारमा पनि परेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकी सेयर बजारमा ४ प्रतिशतसम्म गिरावट आएको छ । खासगरी न्युयोर्कमा प्रविधि क्षेत्रका सेयर बजारमा तीव्र गिरावट देखिएको छ । जसका कारण सेयरबजार परिसूचकले २०२२ पछिकै सबैभन्दा खराब दिन अनुभव गरेको बीबीसीले जनाएको छ । ट्रम्पले अमेरिकी अर्थतन्त्र ‘परिवर्तनको चरणमा’ रहेको भनेर टिप्पणी गरेपछि लगानीकर्ताहरू चिन्तित छन् ।

Read More
  • MBL - below news