काठमाडौं : भारतीय सेयर बजार नियामक 'सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)' ले नयाँ लगानी उपकरण भित्र्याउने भएको छ । सेबीले आगामी अप्रिल १ देखि स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड (एसआइएफ) अर्थात विशेष लगानी कोष नामक नयाँ सम्पति वर्गको सुरुवात गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । विशेष लगानी कोषलाई म्युचुअल फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवाहरु बीचको खाडललाई कम गर्नका लागि खडा गरिएको हो ।







