काठमाडौं : नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
कुल आवेदनमध्ये १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।







