ट्रम्पको आजबाट कर लगाउने घोषणा, अमेरिकी शेयर बजारमा ठूलो गिरावट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्रम्पको आजबाट कर लगाउने घोषणा, अमेरिकी शेयर बजारमा ठूलो गिरावट

वासिङटन डिसी : ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ। डाउ जोन्समा १.४%, एसएन्डपी ५०० मा १.७५% र नास्ड्याकमा २.६% ले गिरावट आएको हो।

ट्रम्पले हिजो(सोमबार) आजदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५% सम्मको कर र चीनबाट आउने सामानहरूमा १०% सम्म अतिरिक्त कर लगाइने बताएका थिए। 

त्यस्तै चीन, क्यानडा र मेक्सिकोले पनि बदलास्वरुप अमेरिकी सामानहरूमा बदलास्वरूप  कर लगाउने घोषणा गरेका छन्। 'यदि ट्रम्पले शुल्क लगाए भने हामी पनि कर लगाउन तयार हुनेछौं,' क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भनेकी छन्।

Read More
  • MBL - below news