काठमाडौँ । मौद्रिक नीतिको एउटा व्यवस्थाले सेयर बजारमा उत्साह ल्याएको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेको हो ।
योसँगै बजार २८१५.०४ अंकमा पुगेको छ । परिसूचक बढेको नेप्सेमा कारोबार रकम समेत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।







