भारित औसत लाभकर विवादबारे छलफल गर्न अर्थ मन्त्रालयले पुन: बैठक डाकेको छ । मन्त्रालयले बुधबार आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र ५ वटै लगानीकर्ता संघलाई छलफलमा बोलाएको हो ।
इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आज सोमबार पनि अनौपचारिक रुपमा आफुहरु राजश्व सचिव लाल शंकर घिमिरेलाई भेट्न गएको र सचिव घिमिरेले बुधबार ११ बजेको लागि बैठक डाकेको जानकारी दिएका हुन् । बुधबारको बैठकले यी विवादको टुंगो लाग्ने अपेक्षा गरिएको अध्यक्ष रौनियारले बताए ।







