अन्तिम दिनसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओमा कति पर्‍यो आवेदन?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम दिनसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओमा कति पर्‍यो आवेदन?

ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गरेको आइपिओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ।

कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १३ करोड ७२ लाख ७६ हजार रूपैयाँ बराबरको १३ लाख ७२ हजार ७६० कित्ताको लागि आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्। 

यो आवेदन मागभन्दा ७.६२ गुणा बढी हो।

कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

Read More
  • MBL - below news