काठमाडौं : दक्षिण कोरियाको डेटा संरक्षण निकायले सोमबार चिनियाँ एआइ एप डीपसिकको नयाँ डाउनलोड निलम्बन गरेको छ । डीपसिकले देशको व्यक्तिगत डेटा सुरक्षासम्बन्धी नियमहरु पूर्णरुपमा पालना नगरेको स्वीकार गरेपछि यस्तो निर्णय गरिएको रोयटर्सले जनाएको छ ।
व्यक्तिगत सूचना संरक्षण आयोगले मिडिया ब्रिफिङमा जनाए अनुसार गोपनीयता कानुनअनुरुप आवश्यक सुधार गरेपछि मात्र एप सेवा पुनः सञ्चालन हुनेछ । शनिबारदेखि लागू भएको यो निलम्बनले एपको नयाँ डाउनलोड रोक्ने लक्ष्य लिएको छ । तर, डीपसिकको वेब सेवा भने कोरियामा अझै उपलब्ध रहेको छ ।








