काठमाडौं : बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने तयारीमा रहेको यति ब्रुअरी लिमिटेडले गत वर्ष (सन् २०२४ )मा २ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा २३.१४ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले २ अर्ब ५६ करोड ५० लाख र सन् २०२२ मा ३ अर्ब ४६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।







