काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ४३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १ गते) साँझ ५ः०६ बजेसम्म ४७ हजार ६४५ जनाले १२ लाख ४३ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.९१ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।







