काठमाडौं । इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेको छ । मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।
तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर (एक्स) नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’








